धानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको सुक्खा संकट दीर्घकालीन र तत्कालीन गरी दुई उपायबाट समाधान गरिने बताएका छन् । मन्त्रिपरिषद्को बैठकले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि प्रधानमन्त्रीओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा छन् । उनले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण पनि गरेका छन् ।