काठमाडौं। बुढानिलकण्ठ
बुढानिलकण्ठ स्कुलका पूर्वविद्यार्थी समाज (SEBS) को साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ। साधारण सभाबाट तिलक धिताल महासचिव पदमा निर्वाचित भएका छन्।
महासचिवमा निर्वाचित भएपछि उहाँले सम्पूर्ण ब्याचमेट, दाइभाइ, दिदीबहिनी तथा सहभागी सदस्यप्रति हृदयदेखि आभार प्रकट गर्दै भने, “यसपटकको साधारण सभामा ५०० भन्दा बढी सदस्यहरूको अभूतपूर्व उपस्थिति रह्यो, जसले हाम्रो समाजको इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेको छ।”

यस अवसरमा उहाँले कार्यसमितिको योगदानप्रति सम्मान व्यक्त गर्दै नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई बधाई दिनुभयो।

उहाँले आगामी दिनमा समाजलाई अझ सबल, सक्षम र प्रभावकारी बनाउन सबै मिलेर काम गर्ने दृढ संकल्प व्यक्त गर्दै नयाँ पहल, पुराना सीमाना तोड्ने प्रयास र समाजलाई अझ उज्जवल बनाउन निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो।