प्रदिप धिताल
कालिकोट कार्तिक २७
रुपान्तरण कक्षा का कारण किशोरीहरुको चेतना परिर्वन भएको छ । समाजमा रहेका नकरात्मक अभ्यासका बिरुद्ध बोल्न तथा अभिब्यक्ती राख्न किशोरी हरु सक्षम भएका छन ।
बालबिवाह छाउपडिप्रथा जस्ता कुरीतीहरु बिरुद्ध समाज मा खुल्न नसकेका किशोरीहरु कक्षा लियपछि बोल्न सक्ने भएको र आफ्ना भनाइ राख्न सक्ने भएको शुभकालिका गाउपालिका वडा नं २ कि किशोरी बसन्ती बिश्वकर्माले बताइन । साथै उनले अभिभावकले पनि रुपान्तरण कक्षा लिएपछि आफ्ना समस्या राख्न र समाधान गर्न सहज भएको बताइन ।
शुभ कालिका गाउँपालिकाको वडा नं १ र २ को तीनवटा विद्यालयमा रूपान्तरण कक्षा सञ्चालन भएको थियो । प्रत्यक रूपान्तरण कक्षामा २८ जना किशोर किशोरी र २८ जना अभिभावक गरी जम्मा १६८ जनाको सहभागिता रहेको थियो।
आवाज संस्थाको आयोजनामा नेपाल सरकार विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायहरू र युरोपेली संघको संयुक्त साझेदारीमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत सकारात्मक लैङ्गिक मापदण्डहरूको प्रवर्धन लैङ्गिक हिंसाको रोकथाम र यसका सेवाहरूमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत आवाज संस्थाद्वारा शुभ कालिका गाउँपालिका वडा नम्बर १ र २ का विभिन्न विद्यालयमा सञ्चालित रूपान्तरण कक्षाको अनुगमन सहित समापन गरिएको छ।

अनुगमनमा वडा नं २ का अध्यक्ष मनबहादुर शाही सचिव गोपीचन्द्र अधिकारी लालीगुराँस सामुदायिक सिकाई केन्द्र सहजकर्ता पञ्चा रानाशाही वडा नं १ का बा अध्यक्ष धिरबहादुर बिष्ट वडा जनता मा बि को प्रधानाध्यापक हरिकला बस्नेत सदस्य दुर्गनाथ योगी लगायत जनप्रतिनिधिहरू उपस्थिति रहेको थियो।
समापन कार्याक्रम मा बोल्दै वडा नं २ का अध्यक्ष मनबहादुर शाहीले रुपान्तरण कक्षाका कारण समाजमा सकरात्मक चेतना को बिकास भएको बताए साथै उनले यस्ता कक्षाले अबिभावक तथा किशोर किशोरीहरु समाजका कुरीती तथा नकरात्मक रितिरिवाजको प्रतिकार गर्न सक्षम भएको बताउदै सहयोगि संस्थालाइ धन्यबाद ज्ञापन गरेका थिए ।
रुपान्तरण कक्षा समापनको अवसरमा कक्षाका सहभागी किशोर किशोरीलाई रु १००० र अभिभावकलाई ७ सयका दरले प्रोत्साहन स्वरूप रकम दिएको सामाजिक परिचालक बिपना अधिकारीले बताइन ।