
बाँके जिल्लाको लुम्बिनी प्रदेशअन्तर्गत अवस्थित नरैनापुर गाउँपालिका १७२.३४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको एक महत्वपूर्ण स्थानीय तह हो। उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, पश्चिमतर्फ डुडुवा गाउँपालिका तथा दक्षिण र पूर्व दुबै तर्फ भारतसँग सीमा जोडिएको यस गाउँपालिका भौगोलिक रूपमा समेत संवेदनशील क्षेत्रमा पर्दछ।
गाउँपालिकामा कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुर गरी ६ वटा वडाहरू रहेको छन्। बहुसांस्कृतिक र बहुभाषिक समुदाय बसोबास गर्ने यस क्षेत्र सेवाप्रवाह, पूर्वाधार विकास र सीमा सुरक्षा व्यवस्थापनका कारण पनि विशेष ध्यानको केन्द्रबिन्दु बनेको छ।