
कालिकोट — शुभकालिका गाउँपालिकाबाट गेला तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०२३० नम्बरको सवारीसाधन हाउडी क्षेत्रमा दुर्घटनामा परेको छ। दुर्घटनामा चालक भने सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।
स्थानीय स्रोतका अनुसार सवारीसाधन अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। दुर्घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।